
एकीकृत अखिल नेपाल शिक्षक संगठनको गण्डकी प्रदेश कमिटीमा गोरखाका उपाध्यक्ष र महासचिव
एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश कमिटीको प्रथम परिषदले शोभा गुरुङको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिषदले वरिष्ट उपाध्यक्षमा सीताराम अधिकारी र महासचिवमा गोरखा गोरखाका गणेशराज सेढाईँलाई चयन गरेको छ । साथै उपाध्यक्षमा गोरखाकै बाबुराम विश्वकर्मालाई चयन गरेको छ ।
प्रदेश कमिटिका महासचिव सेढाई सो संगठनका गोरखा जिल्ला अध्यक्ष पनि हुन् ।
परिषदले नारायण चापागाईँ र इन्दु शर्मालाई पनि उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा दण्डपाणि सापकोटा, उपमहासचिवमा राचन्द्र पौडेल र सचिवमा राजेन्द्र पौडेल, कृष्णकुमारी थापा र कृष्णचन्द्र गिरीलाई चयन गरेको छ ।




