
रेम्बो कपको सेमीफाइनल र फाइनल खेल आज
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम रेम्बो कप ‘सेभेन ए साइड नकआउट’ खुल्ला फुटबल प्रतियोगिता अन्तरगतको सेमीफाइनल र फाइनल खेल आज (शुक्रबार) हुँदै छन् । बिहान सेमिफाइनलका खेलहरु र दिउँसो फाइनल खेल हुने आयोजक युनाइटेड सेभेन युथ क्लवले जनाएको छ ।
खुल्ला तर्फ सेमिफाइनलको पहिलो खेल बिहान ९ बजे तीनधारे एफसी र दि हिमालय आरुघाटबीच हुने आयोजकले जनाएको छ । यस्तै, दोस्रो खेल जेटी क्लव र युनाइटेड सेभेन युथ बी क्लवबीच बिहान १० बजे हुने बताइएको छ । सेमिफाइनलका बिजेता क्लवहरुबीचको फाइनल खेल भने दिउँसो ४ बजे हुने आयोजक क्लवका अध्यक्ष श्याम आले मगरले जानकारी दिए ।
यसैगरी, भेट्रान्सतर्फको सेमिफाइनल खेल भने सम्पन्न भईसकेको छ । फाइनल खेल आज (शुक्रबार) दिउँसो हरमटारी क्लब र खोप्लाङ एफसीबीच हुने आयोजकले जनाएको छ ।
बिहीबार खुल्ला तर्फ ५ खेल सम्पन्न भएका थिए ।
आयोजकका अनुसार पहिलो खेल रिपुमर्दन गण र जेटी टिमबीच भएको थियो । उक्त खेलमा १–० को गोल अन्तराललेजेटी क्लवबिजयी भएको आयोजक क्लबका अध्यक्ष श्याम आले मगरले बताए ।यस्तै, दि हिमालय एफसी आरुघाट र टोमोडाची इन्स्टीच्यूटबीच भएको दोस्रो खेलमा २–० को गोल अन्तरालले दि हिमालय एफसी आरुघाटबिजयी भएको उनले जानकारी दिए ।
युनाइटेड सेभेन युथ बी क्लव र जरेवर एफसीबीच भएको तेस्रो खेलमा १–० को गोल अन्तरले युनाइटेड सेभेन युथ बी क्लव बिजयी बनेको उनले बताए ।
आलेका अनुसार चौथो खेल जेटी क्लव र छापेली सास्कृतिक एफसी बीच भएको थियो । उक्त खेलमा १–० अन्तरले जेटी टिम बिजयी बनेको हो ।
युनाईटेड यु १७र तीनधारेबीच भएको पाँचौ खेलमा ३–४ को गोल अन्तरले तीनधारेबनेको छ । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।




