
बर्षाका कारण फुटवल खेल स्थगित
गोरखा बजारको हरमटारी खेलमैदानमा जारी प्रथम रेम्वो कप सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिताका खेलहरु अविरल बर्षाका कारण प्रभावित भएका छन् ।
बर्षाका कारण मंगलवार हुने भनिएका खेलहरु स्थगित गरिएको आयोजक युनाईटेड सेभेन युथ क्लबले जनाएको छ ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै क्लबले स्थगित भएका खेलहरु भोली वुधवार हुने जानकारी गराएको छ ।




