| बुधबार, कार्तिक २५, २०८३

रेम्बो कपको दोस्रो दिन आठ खेल सम्पन्न

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी पहिलो रेम्बो कप ‘सेभेन ए साइड’ नकआउट खुल्ला फुटवल प्रतियोगिता आइतबार आठ खेल सम्पन्न भएको छ । युनाईटेड सेभेन युथ क्लबको आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत दोस्रो दिन खुल्लातर्फ पाँच खेल सम्पन्न र भेटेरान्सतर्फ तीन खेल भएको हो ।

खुल्लातर्फ पहिलो खेल सूर्यदय युवा क्लब र युनाईटेड सेभेन क्लब ‘बि’बीच भएको थियो । उक्त खेलमा निर्धारीत समयमा दुबै टिमले कुनै पनि गोल गर्न सकेनन् । गोल नभए पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । जसमा ३–२ अन्तरले गोल अन्तरलसूर्यदय युवा क्लब बिजयी बनेको छ । तीनधारे एफ.सी र एम अइ. सी पालुङटारबीच भएको दोस्रो खेलमा पनि पेनाल्टी सुट आउटमा तीनधारे एफ.सी बिजयी भएको आयोजक क्लबका अध्यक्ष श्याम आले मगरले बताए ।

तेस्रो खेल नयाँ साँघु एफ.सी र युनाईटेड सेभेन क्लब ‘सी’ बीच खेल भएको थियो । जसमा ०–२ गोल अन्तरले युनाईटेड सेभेन क्लब ‘सी’ बिजयी बनेको उनले बताए । चौथो खेल चाइनीज धारा एफ.सी र मार्कीचोक एफ.सी बीच भएको खेलमा १–२ गोल अन्तरले मार्कीचोक एफ.सी बिजयी बनेका छन् । दोस्रो दिनको अन्तिम खेल जिल्ला प्रहरी कार्यालय गोरख र आरुघाट एफ.सी बीच सम्पन्न भएको थियो । उक्त खेलमा ३–० गोल अन्तरले आरुघाट एफ.सी बिजयी बनेको अध्यक्ष आलेले बताए ।

यस्तै भेटरान्स तर्फको पहिलो खेलमा जय गोरखा र मर्निङ फुटसलबीच भएको खेलमा घ–२ गोल अन्तरले जय गोरखा बिजयी बनेको छ । दोस्रो खेल खोप्लाङ एफ.सी र विरेनचोक एफ.सीबीच भएको थियो । जसमा ३–१ ले खोप्लाङ एफ. सीले जित हात पारेको छ । द हिमालयन्स आरुघाट एफ.सी र एस ग्रुप एफ.सी बीच भएको अन्तिम खेलमा ०–२ गालेले एस ग्रुप एफ.सी बिजयी बनेको हो ।

नकआउट खुल्ला प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले २५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष मगरले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलरक्षक र धेरै गोल गर्ने खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिलातर्फको प्रतियोगितामा पहिलो हुनेले नगद पाँच हजार पुरस्कार पाउने छन् भने भेटरान्सतर्फ पहिले हुने टिमले पुरस्कार स्वरुप बोका पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्