
भानु कपको उपाधी पालुङटारको च्याङ्ली स्पोर्टलाई
तनहुँमा सम्पन्न ‘१७ औँ भानु कप फुटबल प्रतियोगिता’को उपाधी पालुङटारको च्याङ्ली स्पोर्टले हात पारेको छ । आईतबार सम्पन्न फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्ललाई १–० गोलले पराजीत गर्दै च्याङ्ली स्पोर्ट बिजेता बनेको हो ।
विजेता टिमले २ लाख ५० हजार २११ नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाणपत्र गरेको आयोजकले जनाएको छ । यस्तै, उपबिजेता लिभिक कन्ट्रक्सन शुक्लले एक लाख २५ हजार २११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकको भनाई छ ।
भानुलाई राष्ट्रिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता संचालन गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए । भन्सार युवा परिवार, सालबिस्रे र भिमसेनयुवा क्लवको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको उनले बताए ।




