| बुधबार, कार्तिक २५, २०८३

गोरखा पहिरो अपडेट : घाइतेको हेलिद्धारा उद्धार, वेपत्ताको खोजी कार्य जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

कैलाश एयरको हेलिमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताए । पहिरोमा परि सिङ्लाका ३५ बर्षीय दिलिप गुरुङ र २७ बर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भिर रहेको बताइएको छ ।

पहिरोमा परि वेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए । ‘हाम्रो टोलि र स्थानीय मिलेर खोजी कार्य भइरहेको थियो,’ उनले भने, ‘अहिले नेपाली सेनाको टोलि पनि घटनास्थल पुगिसकेको छ ।’ जेसिभी प्रयोग गरेर वेपत्ताहरुको खोजि कार्य भइरहेको उनले जानकारी गराए ।

आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना वेपत्ता छन् । वेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोले जीतबहादुरको कृषि फर्म र एक घर पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्