
सोमबार गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द हुने
सोमबार एक दिनका लागि गोरखा नगरपालिकाले आफ्नो सेवा प्रवाह बन्द गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नगरसभाको १४ औँ अधिबेशनको दोस्रो बैठक नगरपालिकाको कार्यालयमा हुने हुँदा सेवा प्रवाह बन्द गरिएको नगरपालिकाले सूचना जारी गर्दै जानकारी दिएको छ ।

नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीहरु अधिबेशनमा सहभागी हुने भएकाले एक दिनका लागी अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिने सूचनामा उल्लेख छ ।




