
युनाइटेड सेभेन युथ क्लबको अध्यक्षमा श्याम आले
युनाइटेड सेभेन युथ क्लबको अध्यक्षमा पुनः श्याम आले मगर र्निविरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको प्रथम अधिबेशनले आलेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
क्लबको सचिवमा सुम्निमा ज्ञावली चयन भएको क्लबले जनाएको छ । साथै, उपाध्यक्षमा जिवन पाण्डे र प्रदिप नेपाली, सहसचिवमा अश्विन थापा र समिर श्रेष्ठ एवं कोषाध्यक्षमा कुमार नेपाली चयन भएका छन् । यस्तै, सदस्यहरुमा मनोज नेपाली र सुमित्रा रम्तेल चुनिएका छन् ।




