| बुधबार, कार्तिक २५, २०८३

जिफन्ट गोरखाका अध्यक्षमा सुमन श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) गोरखाको अध्यक्षमा सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

महासंघको सचिवमा दीपक केशी चयन भएका छन् भने सदस्यहरुमा सुन्दर राना, विकास सुनार, गंगा भट्ट लामिछाने, चन्द्रा गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती गुरुङ, अर्जुन पाण्डे र डिल्लिराम भट्ट चयन भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गोरखाका अध्यक्ष सुरेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि थापा, एमाले नगर कमिटि उपाध्यक्ष डिलमान गुरुङ, जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्री, सुस्मिता घले, अखिलका जिल्ला सचिब राजाराम बोहरालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्