| बुधबार, कार्तिक २५, २०८३

गोरखाको एसईईको पालिकागत नतिजा


यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । बाँकी ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत (एनजी) ग्रेड प्राप्त गरेका छन् ।


जम्मा तीनहजार छसय २८ जनाले परीक्षा दिएकामा एकहजार एकसय ६३ जना उतीर्ण भएका र दुईहजार चारसय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।


पालिकाहरुका अनुसार धार्चे गाउँपालिकाका चार वटा विद्यालयबाट सुन्य प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् भने सिरानचोक गाउँपालिकाका तीन विद्यालयको नतिजा पनि सुन्य रहेको छ । आरुघाट गाउँपालिकाका दुई विद्यालयको पनि शून्य प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । गोरखा नगरपालिकाको एक विद्यालयको नतिजा पनि सुन्य नै रहेको छ ।


पालिकाहरुका अनुसार गोरखा नगरपालिकाबाट ७५८ जनाले एसईई दिएकामा ३२४ जना उतीर्ण भएका छन् भने पालुङटारबाट ५४७ जनाले परीक्षा दिएकामा २३५ जनाले मात्र उतीर्ण गरेका छन् । गण्डकी गाउँपालिकाबाट ३०४ जनाले परीक्षा दिएकामा ९८ जना मात्र उतीर्ण भएका छन् भने सहिद लखन गाउँपालिकाबाट २३९ जनाले परीक्षा दिएकामा जम्मा ५१ जना मात्र उतीर्ण भएका छन् ।

त्यस्तै त्यसैगरी चुमनुब्री गाउँपालिकाबाट ५५ जना सहभागी भएकामा १६ जना उतीर्ण भएका छन् भने सिरानचोक गाउँपालिकाबाट २७१ जना सहभागी भएकामध्य ७३ जता मात्र उतीर्ण भएका छन् । भीमसेनथापा गाउँपालिकाबाट २८६ जनाले परीक्षा दिएकामा १०२ जना मात्र उतीर्ण भएका छन् भने अजीरकोट गाउँपालिकाबाट २०६ जनाले परीक्षा दिएकामा ३६ जना मात्र उतीर्ण भएका छन् । त्यस्तै आरुघाट गाउँपालिकाका ३१४ जना परीक्षार्थीले एसईई परीक्षा दिएकामा ९९ जना मात्र उतीर्ण भएका पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्