
निर्माण व्यवसायीलाई ई–बिडिङ सम्बन्धी तालिम
जिल्लाका निर्माण व्यवसायीलाइ लक्षित गरी ई–बिडिङ सम्बन्धी तालिम दिइएको छ । निर्माण व्यवसायी महासंघको प्रायोजन, सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वय र निर्माण व्यवसायी संघ गोरखाको आयोजनामा तालिम भएको हो ।
ई दिनसम्म संचालन भएको तालिममा सार्वजनिक खरिद ऐन, ई–बिडिङ मार्फत टेण्डर बिड गर्ने तरिका लगायतका बारेमा जानकारी गराइएको थियो । तालिम अवधिभर सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक इन्द्रप्रसाद मैनाली र आइटी इन्जिनियर निर्मल लामाले सहजिकरण गरेका थिए । तालिमको वुधवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सूर्य भण्डारीको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष एडी लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष टंक बराल, उपाध्यक्ष बाबुराम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा सहभागीलाई प्रमाण पत्र समेत वितरण भएको थियो । तालिममा ३० जना निर्माण व्यवसायीहरुको सहभागीता रहेको थियो ।




