| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका स्वास्थ्यकर्मी श्रेष्ठ सम्मानित

नेपाल औषधी व्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो ।

विपद व्यवस्थापन र बिभिन्न महामारीको समयमा अतुलनिय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको औषधी व्यवसायी संघ गण्डकी प्रदेशले जनाएको छ ।

सोमवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कदर पत्रले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

श्रेष्ठले ग्रामिण भेगका विपन्न वर्गलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर पनि संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्