| मङ्लबार, कार्तिक २४, २०८३

बिरिन्चोकमा कृषि सामाग्री वितरण

गोरखा नगरपालिका वडा नं १० बिरिन्चोकमा कृषि सामाग्री वितरण गरिएको छ । बुधबार गोनपाको १० नं वडा कार्यालयले कृषि पेशामा आवद्ध वडाबासीहरुलाई डिजिटल तराजु र औषधी छर्कने पम्प वितरण गरेको हो । वडाको २ लाख ५० हजार बजेटबाट सामाग्रीहरु वितरण गरिएको वडाअध्यक्ष प्रदिप कुँवरले जानकारी दिए ।

‘वडाले १० थान डिजिटल तराजु र ३० थान औषधी छर्ने पम्प खरिद गरेको छ’, उनले भने, ‘बिरिन्चोकमा ५ थान तराजु र ११ थान पम्प वितरण गरेका छौँ, अन्य सामाग्रीहरुभने बिहीबार छेवेटारमा वितरण गर्ने छौँ ।’ अहिले तरकारी बाली र धानहरुमा औषधी हाल्ने समय भएकाले पनि उपकरणहरु वितरण गरिएको उनको भनाइ छ ।

‘माग त धेरैले गरेका थिए’, उनले भने, ‘त्यसैले कम्तीमा पनि प्रत्यक टोलमा सामाग्री पुगोस् भन्ने हिसाबले वितरण गरेका छौँ ।’वडाले अन्य पेशामा आबद्ध नभएका कृषिक लक्षित गरी सामाग्री वितरण गरेको गोरखा नगरपालिकाकी कार्यपालिका सदस्य एवं गोनपा १० की वडा सदस्य साबित्रा थापा मगरले बताइन् ।

३ जना कृषिक बराबर एक थान औषधी हाल्ने पम्प र एउटा टोल बराबर एक थान तराजु वितरण गरेको उनको भनाई छ ।गोनपा १० का वडाअध्यक्ष प्रदिप कुँवर, गोरखा नगरपालिकाका कृषि शाखाका कर्मचारी, वडा सदस्यहरु लगायतको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्