
गोरखा जेसिजले ग¥यो तीन जना रक्तदातालाई सम्मान
गोरखाका तीन जना रक्तदाता सम्मानित भएका छन् । गोरखा जेसिजको आयोजनामा शुक्रबार परेको २१औं विश्व रक्तदाता दिवशको अवसरमा रक्तदाताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा ६ पटक रक्त दान गर्ने ओम बिराज डेन्टलका सञ्चालक सञ्जयकुमार अधिकारी, ५/५ पटक रक्त दान गर्ने सुरुवात दैनिकका सञ्चालक यमबहादुर बसेल र टेलर ब्यवसायी बिकासबावु परियार रहेका छन् ।
गोरखामा ब्लड बैंक स्थापना भए पछिको रेकर्डका आधारमा उनीहरुलाई सम्मान गरिएको गोरखा जेसिजका महासचिव सुजित श्रेष्ठले बताए । गोरखामा २०७९ साल असोज १ गतेबाट ब्लड बैंक सञ्चालनमा आएको थियो । तिनै जनालाई गोरखा नगरपालिकाका पूर्व नगर प्रमुख राजनराज पन्तले सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
गोरखा जेसिजका अध्यक्ष अश्विन ढुङ्गानाको अध्यक्षता तथा पूर्व मेयर पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठ, मेडिकल सुपरिटेन्डेण्ट डा.सिदार्थ खनाल र रक्त शाखाका प्रमुख रुस्का केसी बस्नेतले मन्तव्य राखेका थिए। कार्यक्रममा गोरखा जेसिजका पूर्व अध्यक्षहरु लगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।




