| मङ्लबार, कार्तिक २४, २०८३

भीमसेनथापामा नगर प्रहरी छनोट

भीमसेन थापा गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी छनोट भएका छन् । सबैखाले परीक्षा उर्तीण भएकाहरुको नाम पालिकाले सोमबार सार्वजनिक गरेको हो । नगर प्रहरी हवल्दारतर्फ भैरव परियार र इन्द्रप्रसाद ढकाल छनोट भएको पालिकाले जनाएको छ ।

भरत गुरुङ भने बैकल्पिकमा छन् । प्रहरी जवानका लागि सरोज भट्टराई, दिपेश भट्ट, रामबहादुर वस्ती, संगम सोडारी, गोविन्द सुवेदी र सुस्मा रोका छनोट भएको बताइएको छ । बिनोद श्रेष्ठ, श्रीकृष्ण रिमाल र आशा बराम बैकल्पिकमा छन् ।

नेपाल प्रहरीको समन्वय र सहकार्यमा नगर प्रहरीको भर्ना छनोटको काम भएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । छनोटका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय पदपूर्ती समिति गठन भएको थियो । भीमसेनथापा गाउँपािलकाको नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार भर्ना छनोटको काम भएको अधिकारीले बताए ।

नगर प्रहरीले घाटहरुमा भइरहेको अवैध उत्खनन् र चोरी निकासी रोकथाम गर्ने, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पु¥याउने उनले जानकारी दिए । बिभिन्न पदमा कुल ३१ जनाको आवेदन परेको थियो । उनीहरुबाट आठ जना छनोट भएका छन् । पालिकाकै आन्तरिक स्रोतबाट उनीहरुलाई तलवको व्यवस्था हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्