
राधाबल्लभेश्वर मन्दिरको स्थापना दिवस मनाइयो
गोरखा नगरपालिका–७ छिपिटोलस्थित राधाबल्लभेश्वर मन्दिरको २१० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा मंगलवार विहान मन्दिर परिसरको सरसफाइ गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समिति अध्यक्ष रामबाबु श्रेष्ठले बताए ।
अन्तरक्रिया कार्यक्रम समेत भएको उनले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार रामचन्द्र आचार्य, रामशरण आचार्य, सदस्य बाबुराम श्रेष्ठले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वको बारेमा जानकारी गराएका थिए । बि.सं. १८७२ मा राधाबल्लभ अर्यालले उक्त मन्दिर स्थापना गरेका थिए । मन्दिरमा दैनिक पुजाआजासँगै धार्मिक कार्यहरु समेत हुदै आएको श्रेष्ठले जानकारी दिए ।




