| मङ्लबार, अशोज १२, २०८३

राष्ट्रिय कराँते च्याम्पियनसिप प्रतियोगितामा गोरखालाई दुई रजत एक कास्य

५६ औं राष्ट्रिय सितेरियो कराँते च्याम्पियनसिप प्रतियोगितामा गोरखाले दुई रजत र एक कास्य पदक जितेको छ । यही जेठ २१ गतेदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा कुमुते फाइट तर्फ उक्त पदक जितेका हुन् ।

बमिन गुरुङ र बिशाल थापा मगरले रजत र रुपेश गुवाजुले कास्य पदक जितेको सितेरियो कराँते गोरखा मेन डोजोका प्रशिक्षक ग्याम्जो लामाले बताए । ‘सिनियर फाइटतर्फ ५० केजी तौलमा गुरुङ, अन्डर २१ को माइनस ८४ केजी तर्फ मगरले रजत जिते,’ उनले भने, ‘१४–१५ उमेर समूहको ४५ केजी तर्फ गुवाजुले कास्य पाए ।’

प्रतियोगितामा गोरखाका ६ जना खेलाडी सहभागी थिए । जिल्ला स्तरबाट छनोट भएर प्रदेश स्तर हुदैं उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्