| मङ्लबार, कार्तिक २४, २०८३

सशस्त्र प्रहरीले जिल्लामा विपद व्यवस्थापनको पूर्व तयारी गर्दै

बर्खा नजिकिएसंगै सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाले विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको छ । बर्खा नजिकिएसँगै सशस्त्र प्रहरीले जिल्लाको सबै स्थानीय तहका जोखिमपूर्ण ठाउँहरुमा गएर जोखिम न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
खोलाको किनार, तटीय क्षेत्र र भिरपाखा लगायत जोखिमपूर्ण ठाउँमा रहेका बस्तीहरुमा पुगेर बाढी, पहिरो लगायत विपद् जोखिम न्युनिकरण सम्बन्धी जनचेतना बढाउने कार्यक्रम गरेको सशस्त्र प्रहरी बल गोरखाले जनाएको छ । जिल्ला भरका सबै पालिकाहरुमा दैनिक जसो विभिन्न टोलटोलमा पुगेर कार्यक्रम संचालन गरिरहेको कार्यालयको भनाइ छ । विपद व्यवस्थापनका लागि कार्यालयको उद्धार टोली तयारी अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्