| मङ्लबार, कार्तिक २४, २०८३

३ दिने ‘विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ सम्पन्न

जिल्ला सदरमुकाममा तीन दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार गोरखा नगरपालिका आयुर्वेद शाखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको संयुक्त आयोजनामा संचालित विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुमा स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक विषय कला विषय पढाउने १९ जना शिक्षकहरुलाई आयुर्वेद र योगका विषयमा अभिमुखीकरण गराएको गोरखा नगरपालिका आयुर्वेद शाखाका जीवन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सहभागी शिक्षकहरुलाई वरिष्ठ कविराज निरीक्षक कुशल कृष्ण शर्माले सहजीकरण गराएको उनले बताए । कार्यक्रममा शिक्षकहरुलाई स्थानीय स्तरमा पाइने जडीबुटीहरुको सामान्य प्रयोगका बारेमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नका साथै, योग अभ्यास गराई स्वास्थ नागरिक उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्