| मङ्लबार, अशोज १२, २०८३

गोरखाका ६ खेलाडी राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागी छनोट

राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागी जिल्लाबाट चार जना खेलाडी छनोट भएका छन् । छनोट हुनेमा फाइट तर्फ गोरखा नगरपालिका–६ हरमटारीका रुपेश गुभाजु, बारपाक सुलिकोट गाउँपालिका–६ बराहका बसन्त परियार, गोरखा नगरपालिका–९ लक्ष्मीबजारका सुरेन्द्र आले, गोरखा नगरपालिका–६ ठुलोआँगनका बमिन गुरुङ र आरुघाट गाउँपालिका–७ का विशाल थापा मगर रहेको नेपाल कराँते महासंघ गोरखाका अध्यक्ष रामबहादुर थापा मगरले बताए । एकल काता तर्फ गोरखा नगरपालिका–६ बराहका बुद्ध लामा छनोट भएको उनले जानकारी दिए ।

नेपाल कराँते महासंघको आयोजनामा पोखरामा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु राष्ट्रिय स्तरमा छनोट भएका हुन् । ‘सबैजना केन्द्रिय स्तरको प्रतियोगिताका लागी गण्डकी प्रदेशबाट छनोट भएका हुन्’, उनले भने, ‘उनीहरु यही जेठ २१ देखी २३ गतेसम्म हुने ५६ओेैं राष्ट्रिय कराते प्रतियोगिता तथा ८ ओैं दक्षिण एसियाली कराँते प्रतियोगितामा भाग लिँदै छन् ।’ उक्त प्रतियोगिताको बिजेताले दक्षिण एसियाली कराँते प्रतियोगितामा भाग लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्