| मङ्लबार, कार्तिक २४, २०८३

छेवेटारमा संचालित १५ दिने पञ्चेबाजा तालिम सम्पन्न

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा संचालन गरिएको १५ दिने पञ्चेबाजा बजाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । वडा कार्यालयको आयोजनामा यही जेठ १ गतेबाट तालिम सुरु भएको थियो ।

चार वटा समूह बनाएर तालिम संचालन गरिएको गोनपा १० का वडाध्यक्ष प्रदिप कुवँरले बताए । उनका अनुसार एक समूहमा १५ जना सहभागी थिए । ‘प्रत्येक समूहलाई दैनिक दुई घण्टाका दरले तालिम दिएका थियौ,’ उनले भने, ‘तालिमा ९५ प्रतिशत महिलाहरुको सहभागीता रहेको थियो ।’

वडाको सिपमूलक तालिम कार्यक्रम अन्तरगत विनियोजित एक लाख रकमबाट तालिम संचालन गरिएको बताइएको छ । परम्परालाई जगेर्ना गर्दै जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले तालिम संचालन गरिएको वडाध्यक्ष कुवँरले बताए । यता गोनपा १० मा संचालित पाँच दिने अचार बनाउने तालिम पनि सम्पन्न भएको छ । वडाको आयोजना तथा मित्र संस्थानको समन्वयमा यही जेठ १३ गतेबाट सुरु भएको तालिमको शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको थियो ।

वडाको सिपमूलक तालिम कार्यक्रम अन्तरगत विनियोजित एक लाख रकमबाट संचालन भएको तालिममा १८ जनाको सहभागिता रहेको थियो । वडा सदस्य एवं गोनपाकी कार्यपालिका सदस्य सावित्रा थापा मगरको अध्यक्षता तथा वडा अध्यक्ष प्रदिप कुँवरको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्