| मङ्लबार, अशोज १२, २०८३

गोरखा लिग फुटवल प्रतियोगिता सुरु

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल सतिपिपल युवा क्लब र आदर्श क्लबबीच भएको थियो ।

उक्त खेलमा ४–१ को गोल अन्तरले सतिपिपल बिजयी भएको आयोजक गोरखा जिल्ला फुटवल संघले जनाएको छ ।
त्यस्तै मस्र्याङ्दी युवा क्लब र हरमटारी क्लबबीच भएको दोस्रो खेलमा २–० को गोल अन्तरले मस्र्याङ्दी क्लब बिजयी भएको छ । आज तीन खेल सम्पन्न हुने बताइएको छ ।

प्रतियोगिताको शनिवार एक कार्यक्रमकाबीच गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका थिए । ११ टिमको सहभागीता रहेको प्रतियोगितामा पहिलो हुनेले नगद एक लाखको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । दोस्रो हुनेले ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाउने संघका अध्यक्ष बिशाल गुरुङले बताए ।

उनका अनुसार ‘फेयर प्ले’ क्लबले १५ हजार नगद पुरस्कार पाउने छन् । ‘उत्कृष्ट खेलाडीले दश हजार, हाइ स्कोरर र उत्कृष्ट गोलरक्षकले पाँच/पाँच हजार नगद पुरस्कार पाउछन्,’ उनले भने । असार १ गतेसम्म प्रतियोगिता संचालन हुने बताइएको छ । प्रतियोगिताको स्थानीय आयोजक सुर्याेदय युवा परिवार छेवेटार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्