
गोनपा १० मा माओवादीको वडा कमिटी गठन
गोरखा नगरपालिका वडा नं १० मा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । वुधवार भएको वडा सम्मेलनले लामु लामाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा राजेश्वर खनाल, सचिवमा हरिकृष्ण पन्त, कोषाध्यक्षमा सम्झना थापा श्रेष्ठ र सहसचिवमा भावना मुडवारी चयन भएको माओवादी केन्द्रका जिल्ला सचिव अंकुर तिमिल्सिनाले बताए । पार्टीका केन्द्रिय सदस्य धना तमुको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर एवं पार्टीका नगर अध्यक्ष कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।
साउन ३० भित्र देशभर वडा कमिटी गठन गर्ने पार्टीको निर्देशन अनुसार जिल्लाका करिब ४० वटा वडाहरुमा कमिटी गठन भइसकेको जिल्ला सचिव तिमिल्सिनाले बताए । ‘गोनपाको ८ वटा वडाहरुमा कमिटी गठन भईसकेका छन्’, उनले भने, ‘जेठ १९ भित्र बाँकी वडाहरुमा पनि कमिटि गठन गर्ने लक्ष्य छ ।’ छिटै जिल्लाभरका सवै पालिका र वडाहरुमा पनि कमिटि गठन हुने उनको भनाई छ ।




