
कांग्रेस नेता स्व. न्यौपानेको श्रद्धाञ्जली सभा सम्पन्न
नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको ४५ औं पुण्य तीथिमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली कांग्रेस गोरखा काठमाण्डौँ सम्पर्क समितिको आयोजनामा वुधवार श्रद्धाञ्जली सभा भएको हो ।
समितिका सभापति रामकृष्ण सिंखडाको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा पुर्व मन्त्री चिरन्जिवि वाग्ले, कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, राष्ट्रिय सभा सदस्य एवं गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, राष्ट्रिय सभा सदस्य कमला पन्त, कांग्रेस जिल्ला उपसभापति इमान सिं बस्नेत, महासमिति सदस्य मोहन पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले उनीहरुले न्यौपानेले पार्टीको पु¥याएको योगदानको कदर गरेका थिए । पालुङटार घर भएका उनी कांग्रेस गोरखाका संस्थापक सदस्य एवं पुर्व उपसभापति समेत हुन् । गत बैशाख ३ गते काठमाडौंको चिरायू अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।




