
प्रदेशस्तरीय महिला कवड्डी प्रतियोगिताको उपाधि कास्कीलाई
गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा भएको प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिताको उपाधि कास्की जिल्लाले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा बाग्लुङलाई हराउँदै कस्की बिजेता बनेको हो ।
पराजित भएसँगै बाग्लुङ जिल्लाले उपबिजेतामै चित्त बुझाउनु परेको छ । बिजेता टिमले नगद रु ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको टिमले भने नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको जिल्ला कबड्डी संघ गोरखाका सदस्य राजकुमार श्रेष्ठले बताए ।
फाइनलमा पुगेका कास्की र बाग्लुङसँग पराजित बनेका तनहूँ र म्याग्दी स्वत तेस्रो बनेका छन् । दुवै टिमले नगद ३०/३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति गोरखा र जिल्ला कबड्डी संघको समन्वयमा सोमवारबाट सुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका दश जिल्लाको सहभागीता रहेको थियो ।




