| मङ्लबार, कार्तिक २४, २०८३

टिप्परको ठक्करबाट अजिरकोटका एक युवकको मृत्यु

टिप्परको ठक्करबाट अजिरकोट गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे काठमाण्डौँको स्वयम्बु नजिकै टिप्परले ठक्कर दिँदा अजिरकोट गाउँपालिका वडा नं ५ सौराका ३१ वर्षीय बिकास नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली सवार साइकललाई बा ५ ख १५७१ नंम्बरको टिप्परले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौँका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।

मृतक नेपालीको बिहान दुध बेच्न जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको बताइएको छ । टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्