
गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन
गणतन्त्र दिवसको अवसरमा जिल्ला सदरमुकाममा दिप प्रज्वलन गरिएको छ । सोमवार रानीपोखरी परिसरमा रहेको पुष्कर तीर्थमा दिप प्रज्वलन गरिएको जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले बताए ।
थापाको अध्यक्षतामा गत वुधवार बसेको जिल्ला स्तरिय समिति बैठकले दिवसको अवसरमा तीन दिन विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । सोही निर्णय अन्तरगत सोमबार रानीपोखरी परिसरमा दिप प्रज्वलन गरिएको हो ।
आज शुभकामना आदानप्रदान, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम संचालन हुने बताइएको छ । त्यस्तै फरक क्षमता भएका बिद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको छ ।




