
माओवादी केन्द्र गोनपा ६ को अध्यक्षमा राना
माओवादी केन्द्र गोरखा नगरपालिका वडा नम्वर ६ को वडा समिति गठन भएको छ । आइतवार भएको वडा सम्मेलनले भक्तराम रानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा भिमकुमार जोशी, सचिव रमेश अच्छामी, कोषाध्यक्षमा राममाया श्रेष्ठ, सहसचिवमा पूजा रोका चयन भएका छन् ।
सदस्यहरुमा सुवास तामाङ, गोमा पोखरेल, चण्डिका श्रेष्ठ, चन्द्रवीर बिक, रामकृष्ण विक, खिलप्रसाद तिवारी, गणेश श्रेष्ठ, जरिना खातुन, नरबहादुर गुरुङ, ढकबहादुर गुरुङ, पदम तमु, रणबहादुर सिर्मल, उजेली मग्राती, शारदा सिर्मल, रुपेश विक, सुनिता विक रहेका छन् । समितिका निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य कमला नहर्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य शोभा लामिछाने, विभिन्न भातृ संगठनका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।




