
प्रेस युनियनको स्थापना दिवस मनाइयो
नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
प्रेस यूनियन गोरखाको आयोजनामा भएको कार्यक्रममा पछिल्लो समय जिल्लाको पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीका बिषयमा छलफल भएको छ । कार्यक्रममा सहभागीहरुले पत्रकारिता क्षेत्रमा देखिएका बिसंगति र बिकृतिलाई हटाउन क्रियाशिल पत्रकारहरु एकजुट हुनुपर्ने बताएका थिए ।
प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन गण्डकी प्रदेशका सचिव मोहसिन अलि मिया, प्रेस चौतारीका केन्द्रीय सदस्य किरण लोहनी, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।




