| मङ्लबार, कार्तिक २४, २०८३

यारु नजिकै सुख्खा पहिरो, बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध

धार्चे गाउँपालिका वडा नं. ३ उहियाँको यारु नजिकै सुख्खा पहिरो जाँदा बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध भएको छ । आइतबार दिउँसो २ः१५ बजेतिर गएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको प्रत्यक्षदर्शी गणेश कार्कीले बताए ।

‘म दुई मिनेट वर मात्रै थिए, अचानक माथीबाट ठुलो चट्टान सहितको सुख्खा पहिरो खस्यो,’ उनले भने, ‘एकै छिनमा वरीपरि धुलोले बाटो नै देखिएन, ।’ पहिरोले करिब १० मिटर बाटो पुरिएको उनले बताए । ‘पहिरो जानी बितिकै मैले सडक बनाइरहेको नेपाली सेनाका मेजरलाई फोन गरिको थिए,’ उनले भने, ‘उहाँले आफ्ना सेनाहरुलाई घटना स्थाल तर्फ पठाईसकेको जानकारी दिनुभयो ।’

समान्य खालको चट्टान भए ४, ५ घण्टा एक्साभेटर लगाएर पहिरो पन्छ्याउन सकिने उनले बताए । ‘तर, कडै खालको चट्टान रहिछ भने त एक दुई दिन नै लाग्न नी सक्छ’ उनले भने । अहिले सवारी साधान, पैदल यात्रु सबै पहिरोको वरपर रोकिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्