
उत्तरी गोरखामा एक साताभित्र बिओपी स्थापना हुने
तिब्वती सीमा क्षेत्रमा पर्ने उत्तरी गोरखाको साम्दोमा अवको एक साताभित्र सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुने भएको छ । आवश्यक सबै तयारी पूरा भएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका डिएसपी सुमन बोगटीले बताए ।
घरभाडाको कुरा मिलेको थिएन,’ उनले भने, ‘त्यो पनि टुंगियो, अवको एक हप्ताभित्र हाम्रो टोली त्यहाँ मुभ हुन्छ ।’
उनका अनुसार उक्त बिओपीमा प्रहरी निरीक्षकको कमाण्डमा करिव २० जनाको टोली रहनेछन् । आवश्यक सामान ढुवानी हेलिकप्टर मार्फत गर्ने वा खच्चडबाट भन्ने एकीन भने भइनसकेको उनले बताए । ‘हेलिकप्टरबाट आवश्यक सामग्री ढुवानी गरिदिन भनेर हामीले केन्द्रमा माग गरेका छौ, भएन भने खच्चडबाटै ढुवानी गर्छौ,’ उनले भने ।
उत्तरी गोरखामा बिओपी स्थापना गर्ने भन्ने धेरै अघिदेखि चर्चा थियो । तर केन्द्रबाट आधिकारिक निर्णय नआएका कारण स्थापना हुन सकेको थिएन । केही समयअघि तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्लाका पत्रकारसँग कुराकानी गर्दै २०८० साल साउन महिनाभित्रै उत्तरी गोरखामा बिओपी स्थापना हुने बताएका थिए ।
आवश्यक सामाग्रीहरु हेलिकप्टर मार्फत ढुवानी गरिने आश्वासन समेत उनले दिएका थिए । ढिलै भएपनि बिओपी स्थापना हुने लागेपनि सामान ढुवानीका लागी हेलिको निर्णय भने भएको छ्रैन ।




