
पौडी खेल्ने क्रममा डुवेर दुई जनाको मृत्यु
पौडी खेल्ने क्रममा डुवेर गोरखामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–१ बिरौटा बस्ने १६ बर्षीय मनिष भन्ने मेष तामाङ र झापा जिल्ला घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङ बस्दै आएका १९ बर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
तामाङ शुक्रवार करिव ४ बजेको समयमा चेपेखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । समिर भने गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुवेका थिए ।
उनलाई अचेत अवस्थामा फेला पारिएको र गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैको शव गोरखा अस्पतालमा पोष्टमार्टम भएको बताइएको छ ।




