| बुधबार, कार्तिक २५, २०८३

नेपाल शिक्षक संगठन शहिद लखनको अध्यक्षमा श्रेष्ठ

नेपाल राष्ट्रिय शिक्षक संगठन शहिदलखन गाउँपालिकाको अध्यक्षमा अनुपबाबु श्रेष्ठ चयन भएका छन् ।

संघको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटि गठन भएको हो ।

जसको उपाध्यक्षमा पुर्ण बहादुर बिक, सचिवमा धनबहादुर खाती र कोषाध्यक्षमा सुभद्रा अर्याल चयन भएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाका अध्यक्ष राजन कट्टेल, उपाध्यक्ष गिता पाण्डे, सचिव सुदिप कट्टेल, शिक्षक महासंघ शहिद लखन गाउँपालिकाका अध्यक्ष इश्वर कट्टेल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्