| बुधबार, कार्तिक २५, २०८३

सिरानचोक र पालुङटारमा नेकपा एमालेको अधिवेशन सम्पन्न

नेकपा एमाले सिरानचोकको अध्यक्षमा बिराज गुरुङ चयन भएका छन् । शनिवार भएको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा अनराज गुरुङ, सचिवमा शिव पोखरेल, उपसचिवमा ठाकुर मग्राती र रञ्जना नेपाली चयन भएका छन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी सदस्य गोपाल पाण्डे, टिकानारायण श्रेष्ठ, हरि भट्ट, जिल्ला इन्चार्ज लिलबहादुर थापा, अध्यक्ष सुरेन्द्र थापा, निवर्तमान अध्यक्ष प्रेम गुरुङ लगायतको सहभागिता रहेको एमाले जिल्ला सचिव काजिराम रोकाले जानकारी दिए ।

यसैगरी नेकपा एमाले पालुङटार नगर कमिटीको पनि दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको अधिवेशनले बसन्त श्रेष्ठको अध्यक्षतामा ४५ सदस्ययी नयाँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश न्यौपाने, सचीवमा राममाया रानामगर र उपसचिवमा रविन खड्का र साबित्रा सुबेदी चयन भएका छन् ।

जिल्ला सचिव रोकाका अनुसार जिल्लाको ११ स्थानीय तहमध्ये आठ वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी स्थानीय तहमा पनि छिट्टै अधिवेशन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्