
ट्राफिक सप्ताहको पाँचौ दिन : पोशाकदेखि भाडादरसम्म चेकजाँच
जिल्लामा जारी ट्राफिक सप्ताह अन्तरगतको पाँचौ दिन शनिबार प्रशिक्षणका कार्यक्रमहरु भएका छन् । सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
डादर कायम भए नभएको बारे समेत अनुगमन भएको जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले बताए । जिल्लाको कार्यालय र जिल्ला मातहत रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टहरुबाट एक साथ अनुगमन भएको उनले जानकारी दिए ।
‘तिव्र गतिमा गाडी चलाएको नचलाएको, घुम्तिमा ओभरटेक गरे नगरेको, आरक्षण सिट कार्यान्वयन भए नभएको र चालक परिचालक पोशाक लाए नलाएको जस्ता कुराहरु पनि चेकजाँच ग¥यौ,’ उनले भने । शनिवार जिल्लाभर भएको कार्यक्रमबाट करिव दश हजार लाभान्वित भएको कार्यालयले जनाएको छ ।




