| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लब अफ गोरखादरबारको नयाँ कार्यसमिति : अध्यक्षमा अधिकारी


लायन्स क्लब अफ गोरखा दरबारको वर्ष २०२४ / २५ का लागि नयाँ कार्यसमिति चयन भएको छ । केही दिनअघि सम्पन्न लायन अधिवेशनले यसअघिका प्रथम उपाध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


लायन्स क्लब ३२५ आई नेपालका डिस्ट्रीक कोओर्डिनेटर विकास थापाको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ गोरखा दरबारका संस्थापक अध्यक्ष प्रविण श्रेष्ठको सभापतित्वमा बिहीवार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्व सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।


समितिको प्रथम उपाध्यक्षमा भीमलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा प्रताप ढकाल र कोषाध्यक्षमा राजन आलेमगर चयन भएका छन ।


अधिवेशनले क्लब एडमिनिस्टेटरमा चित्र भट्ट, क्लब मेम्वरसीप चेयर पर्सनमा परशुराम भट्ट, एससीआइएफ कोओर्डिनेटर प्रसून अधिकारी, क्लब सर्भिस चेयर पर्सनमा विष्णुप्रसाद तिमल्सिीना, क्लब मार्केटिंग चेयर पर्सनमा अनिल भण्डारी लाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्