| मङ्लबार, कार्तिक २४, २०८३

मातातीर्थ औंसीमा द्धिजबन्धु समाजको आमा सम्मान कार्यक्रम

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर वुधवार द्धिजबन्धु संस्कृति समाज गोरखाले ८३ बर्षीया देवमाया पोखरेललाई सम्मान गरेको छ ।

गोरखा नगरपालिका–६ धनवासे टोल निवासी उनलाई दोसल्ला ओडाएर सम्मान गरिएको समाजले जनाएको छ ।

‘उहाँको घरमै पुगेर सम्मान ग¥यौ,’ समाजका उपाध्यक्ष महेश्वर अर्यालले भने, ‘हर्लिक्स र फलफुल पनि वितरण ग¥यौ ।’

हरेक बर्ष मातातीर्थ औंसीको अवसरमा समाजले आमाहरुलाई सम्मान गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष कृष्णप्रसाद अर्याल सहित समितिका अन्य पदाधिकारी, टोल प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्