
राष्ट्रिय उसु सान्दा प्रतियोगितामा गोरखाको बिनोद श्रेष्ठ प्रथम
मदन लोहनी :
ललितपुरमा जारी प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा शहिद लखन गाउँपालिका बिनोद श्रेष्ठ प्रथम भएका छन् ।
प्रथम वि.पी स्मृती खुल्ला उसु प्रतियोगितामा ७० के.जी. तौल समुहमा सुदुर पश्चिम, कर्णली प्रदेश र नेपाली सेनाको खेलाडीलाई हराउँदै सशस्त्र प्रहरी बल (APF) का खेलाडी बिनोद श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रथम, नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ ।




