| मङ्लबार, कार्तिक २४, २०८३

आउँदो वैशाख २७ गते मनास्लु आरोहण दिवस मनाइँदै

चुमनुब्री गाउँपालिकाले पहिलोपटक मनास्लु आरोहण दिवस मनाउने भएको छ । पहिलो पटक मनास्लु आरोहण भएको दिन मे ९ को अवसर पारेर आउँदो वैशाख २७ गते गाउँपालिकाको केन्द्र फिलिममा मनास्लु आरोहण दिवस मनाउने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

बुधबार सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष लामाले ६८ औँ मनास्लु आरोहण दिवस विविध कार्यक्रम गरी मनाउने जानकारी दिए । मनास्लु संरक्षण क्षेत्र आयोजना र धार्चे मनासलु पर्यटन बिकास समितिको साथ र सहयोगमा चुमनुब्री गाउँपालिकाले सो दविस आयोजना गर्न लागेको उनको भनाई छ । दिवस समारोहमा पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र रुथानीय जनप्रतिनिधिको सहभागिता रहने उनले जनाए ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल मनास्लुकोसन् १९५६ मे ९ मा प्रथम पटक जापानी नागरिक तोसीे इमानुसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले आरोहण गरेका थिए । सोही आरोहणको ६८ औँ वर्षको अवसर पारेर पालिकाले फिलिममा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको हो ।

पत्रकार सम्मेलनमा चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पालिकाको केन्द्र फिलिममा प्रभातफेरी कार्यक्रम गर्ने र औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिए । त्यस्तै त्यहाँको गुरुङ तथा भोटे लामा समुदायमा प्रचलित विविध संस्कृतिक प्रदर्शनी गरेर मनास्लु दिवस मनाउन लागेको जानकारी दिए ।

दिवसको अवसरमा झाँकी ¥याली सहित प्रभातफेरी, मनास्लु हिमालको पुजाआजा लगायतका कार्यक्रमहरुको आयोजना गरिने उनले बताए । मनास्लु दिवस यसअघि काठमाडौँमा मनाइँदै आएको थियो । यो वर्ष भने पहिलो पटक गाउँपालिकाको आयोजनामा गाउँपालिकामै मनाउन लागिएको उनको भनाई छ । लामाले यसलाई हरेक बर्ष निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘६८ औँ मनासलु डेको अवसरमा पहिलो पटक पालिकाले कार्यक्रमको आयोजना गरेको हो’, उनले भने, ‘यसलाई अब निरन्तरता दिइने छ । ६९ औँ दिवस सामागाउँमा मनाउनेछौँ । ७० बर्ष पूरा गरेपछि विशेष कार्यक्रमका साथ हिरक महोत्सव पनि मनाउनेछौँ ।’
मनासलु आरोहण दिवस कार्यक्रमका कार्यक्रम संयोजक साने गुरुङले कार्यक्रम आयोजनाका लागि करिब ३ लाख बजेट खर्च हुने अनुमान गरेको जानकारी दिए । मनासलुसंरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख सन्तोष शेरचनले मनास्लु नेपालको गौरव र नेपाल जापान सम्बन्धको मेरुदण्ड भएकाले यसको महत्व धेरै रहेको प्रकास पारे ।

शेरचनले मनासलु क्षेत्र नयाँ पर्यटकीय गन्तव्य रहेको बताए । यो आर्थिक वर्षको ९ महिना अवधिमा मात्र ८ हजार ४ सय ५४ जनाले मनासलु श्रेत्रको भ्रमण गरेको उनले जानकारी दिए । सगरमाथा पछि सबैभन्दा धेरै बिदेशी पर्यटकले मनासलु हिमाल आरोहण गर्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्