| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी केन्द्रका गोरखा संयोजकमा छमबहादुर


नेकपा माओवादी केन्द्रको गोरखा जिल्ला संयोजकमा छमबहादुर गुरुङ चयन भएका छन् । केही दिनअघिको गण्डकी प्रदेश कमिटी कार्यालयको बैठकले गोरखा जिल्ला समन्वय समितिको संयोजकमा गुरुङलाई चयन गरेको हो ।


गुरुङ यसअघिको दीपक तिमिल्सिना(साकार) संयोजक रहेको समितिका सचिव थिए ।


धार्चे ५ गुम्दा स्थायी घर भएका उनी संविधान सभा सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री पनि हुन् ।


उनले यसअघि गोरखाको विशेष क्षेत्र इन्चार्ज तथा क्षेत्र नं. १ को इन्चार्जका रुपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्