
नेपाल औषधी व्यवसायी संघ गोरखाको अध्यक्षमा अर्याल
औषधी व्यवसायीहरुको छाता संस्था नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गोरखाको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न चौथो साधारण सभा तथा चौथो अधिवेशनले विनोद अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा डा. सन्दीप गोर्खाली, उपाध्यक्ष (थोक) मा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) मा रमा अर्याल, महासचिव तेजव तिवारी, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष सचिन श्रेष्ठ र उपकोषाध्यक्षमा बिजय तामाङ चयन भएका छन् ।
सदस्यहरुमा लक्ष्मी मग्राती, सुशीलप्रसाद भण्डारी र दीपक भट्ट रहेका छन् ।
औषधी व्यवसायी संघ गोरखाको अध्यक्ष संगमबाबु श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खन्डेलवालको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, केन्द्रीय उपाध्यक्ष (खुद्रा) यमनाथ पौडेल, संघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष (थोक) झलकप्रसाद शर्मा, उपाध्यक्ष (खुद्रा) दयानिधी पौडेल, महासचिव केशरीप्रसाद तिवारी, संघका कास्की जिल्ला अध्यक्ष धिरज गौतम, गोरखा उद्योग वाणिज्य महासंघका सदस्य मानकाजी श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा लगायतले मन्तव्य राखेका थिए ।




