| मङ्लबार, कार्तिक २४, २०८३

जन्मदिनको अवसरमा बालमन्दिर अनाथालयका बालबालिकालाई स्टेशनरी प्रदान


गोरखा नगरपालिका १० टक्सारका सुवास घिमिरेले बिगतमा जस्तै आफ्नो जन्मदिनको अवसरमा बालमन्दिर अनाथालयका बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेका छन् । घिमिरेले शुक्रबार सो विद्यालयमा पुगेर त्यहाँका २० जनाभन्दा धेरै अनाथ बालबालिकाहरुलाई कापी, कलम तथा अन्य स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।


अनाथालयमा रहेका बालबालिकालाई आफैले र त्यतिबेला त्यहाँ अनुपस्थित रहेका बालबालिकालाई प्रधानाध्यापक शिव थापामार्फत स्टेशनरी प्रदान गरेका हुन् ।


नेपाल रेडक्रस गोरखा शाखाका कार्यालय प्रमुख समेत रहेका घिमिरेले बिगतका जन्मदिनमा पनि सो अनाथालयका बालबालिकाहरुलाई जन्मदिनको अवसरमा स्टेशनरी सामग्री प्रदान गर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्