| सोमवार, अशोज ११, २०८३

धार्चेमा पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न

धार्चे गाउँपालिकामा महिलाहरुलाइ लक्षित गरी संचालन भएको पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको चालु आथिक बर्षको महिला सशक्तीकरण कार्यक्रम अन्तरगत आइतवारबाट तालिम शुरु भएको थियो ।

पालिकाका महिला जनप्रतिनिधी र आमा तथा महिला समूहका पदाधिकारीको नेतृत्व बिकासका लागि बोल्ने सिपको बिकास गर्ने उदेश्यले तालिम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । तालिममा ड्रिम प्वइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्यूट प्रालिका अध्यक्ष शंकरकुमार प्रधानले सहजिकरण गरेका थिए ।

तालिमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ । सुनारको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्