| मङ्लबार, कार्तिक २४, २०८३

वनडढेलो सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका–८ थाकलडाँडामा वन डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा वन डढेलोको कारण, असर र यसको न्यूनिकरणका उपायबारे जानकारी गराइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।

श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, डिभिजन वन कार्यालय गोरखाका प्रतिनिधी, स्थानीय लगायतको उपस्थिती रहेको थियो । वन डढेलो न्यूनिकरण गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्