| बुधबार, कार्तिक २५, २०८३

नेविसंघको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ५५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बिहीवार नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस हाताभित्र सरसफाइ गरेको छ । शुभकामना आदानप्रदान समेत गरिएको नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाईका सभापति प्रमोद कुँवरले जानकारी दिए ।

दिवसकै अवसरमा शैक्षिण गुणस्तर र शिक्षक सिकाइको अनुगमन, अध्ययन र अनुसन्धान गर्न माग राख्दै जिल्लाका एघार वटै पालिकामा ज्ञापन पत्र बुझाइएको कुवँरले बताए । शिक्षामा बजेट बढाउन ज्ञापन पत्र मार्फत माग समेत गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्