
गोरखाका एक व्यक्ति तनहूँमा मृत फेला
तनहूँको आँवुखैरेनीमा गोरखाका एक युवक मृत फेला परेका छन् । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका २२ वर्षीय अमन गुरुङ वुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट छिम्केश्वरी मन्दिर जाने कच्ची सडकको जंगलमा शव फेला परेको प्रहरी नायव उपरीक्षक प्रदिपकुमार रायले बताए । अनुसन्धानका लागी भन्दै प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रायले जानकारी दिए ।




