| मङ्लबार, कार्तिक २४, २०८३

नेकपा एमाले धार्चेको अध्यक्षमा सुका घले

नेकपा एमाले धार्चेको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले सुका घलेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बुध गुरुङ, सचिवमा रमेश गुरुङ, उपसचिवमा सुमि घले र सुशान घले रहेका छन् ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी सदस्य तिर्थ नेपाली, मिना बराम, नेकपा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र थापा, सचिव काजिराम रोका, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका जिल्ला इन्चार्ज प्रेमध्वज थापा लगायतको सहभागीता रहेको एमाले पुर्व जिल्ला कमिटि सदस्य मदन गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्