| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल निजामती कर्मचारी संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८१ को सन्दर्भ पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गोरखाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाममा बिहिबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो ।


कार्यक्रमको अवसरमा २०८१ सालको भित्तेपात्रो लोकार्पण समेत भएको संगठनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भित्तेपात्रोको लोकार्पण गरेका हुन् ।

संगठनका जिल्ला अध्यक्ष शारदाप्रसाद भट्टराईको अध्यक्षता तथा प्रजिअ दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, संगठनका सदस्य शोभाखर ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्