| बुधबार, कार्तिक २५, २०८३

भट्टको संयोजकत्वमा नेसपाको जिल्ला सम्मेलन आयोजक समिति गठन

नेपाल समाजवादी पार्टी(नेसपा)को जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ । पार्टीको शनिबार बसेको बैठकले यानप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।

पुरानो समिति, नेसपा गोरखा जिल्ला समन्वय समिति भंग गर्दै नयाँ सम्मेलन आयोजक समिति गठन गरिएको हो । बैठकले जिल्ला सदरमुकाममा सचिवालय निर्माण गरी प्रत्येक महिनाको एक दिन जनजीविका, सुशासन र भ्रष्टाचार विरुद्धको कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ ।

बैशाख मसान्तभित्र जिल्लाका सबै पालिका र वडा स्तरको अधिवेशनका लागि आयोजक समिति गठन गर्ने निर्णय समेत भएको भट्टले जानकारी दिए । बैठकमा वर्तमान राजनैतिक अवस्था र पार्टीभित्र देखा परेका समस्याहरुबारे समिक्षा समेत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्