
जिल्लाका ताल संरक्षणका लागि सरोकारवाला बीच छलफल
जिल्लामा रहेका तालहरुको संरक्षण गर्ने उद्देश्यले सरोकारवाला र जनप्रतिनिधि बीच छलफल तथा अन्तरक्रिया भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको ताल संरक्षण तथा बिकास प्राधिकरणको आयोजनामा आइतवार गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा जिल्लामा अवस्थित तालहरुको अवस्था, चुनौती र तीनका महत्वको बारेमा छलफल भएको थियो ।
जिल्लामा ठूला महत्व बोकेका करिब ३२ तालहरु रहेको बताउँदै तीमध्य ९० प्रतिशत ताल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । धार्मिक एवं पर्यटकीय हिसाबले निकै महत्व बोकेका ती तालहरुको संरक्षणसँगै प्रवद्र्धन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, डिभिजनल वन अधिकृत, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




